जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • ४ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ५ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ९ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • तनहुँ बस दुर्घटना : बेपत्ता एकजना अझै फेला परेनन्

तनहुँ बस दुर्घटना : बेपत्ता एकजना अझै फेला परेनन्

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन्।

पोखराबाट काठमाडौंतर्फ गइरहेको भारतीय नम्बर प्लेट यूपी५३एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ। सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ। बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ।

प्रहरीले गत सोमबार ८ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो।