जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड

प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनाउने बताएका छन् ।

बिहीबार कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारलाई आफूहरूले खबरदारी गरिरहेको तर सुनुवाइ नभएमा प्रतिनिधिसभाको विशेष अधिवेशन समेत बोलाउन सक्ने बताए ।

‘अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ । त्यसको फैसला जनताले सुनाउनेछ । जरुरी पर्‍यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ’, प्रचण्डले भने, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौँ हाम्रो मागको सरकारले सुनुवाइ गरेन भने हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ र त्यहाँबाट पनि लडाइँ छेडिनेछ ।’

उनले त्यहाँबाट देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुन सक्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14