जोडिनुहोस
  • होमपेज
  • नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना पक्राउ

नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका(२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help