जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ५ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ७ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ७ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ९ घन्टा अगाडि
  • ९ घन्टा अगाडि
  • होमपेज
  • पदक तालिकाको शीर्ष स्थानमा जापान, पछ्याउँदै अस्ट्रेलिया र अमेरिका

पदक तालिकाको शीर्ष स्थानमा जापान, पछ्याउँदै अस्ट्रेलिया र अमेरिका

काठमाडौं । जापान पेरिस ओलम्पिक–२०२४ को पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिनका खेल जारी रहँदा जापान चार स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जापानले दुई रजत र एक कास्यसहित कुल सात पदक जितेको छ ।

जापानलाई पछ्याइरहेको अस्ट्रेलियाले पनि चार स्वर्ण नै जितेको छ । अस्ट्रेलियाले थप दुई रजतसहित कुल ६ पदक जितेको छ । तेस्रो स्थानको अमेरिकाले तीन स्वर्ण, ६ रजत र तीन कास्यसहित १२ पदक जितेको छ ।

यस्तै, चौथो स्थानको फ्रान्सले पनि तीन स्वर्ण, तीन रजत र दुई कास्यसहित आठ पदक जितेको छ । पाँचौँ स्थानको कोरियाले तीन स्वर्ण, दुई रजत र एक कास्यसहित ६ पदक जितेको छ । तालिकाको छैटौँ स्थानमा चीन छ । चीनले तीन स्वर्ण जित्दा एक रजत र दुई कास्य जितेको छ ।

प्रतियोगिताको तेस्रो दिन चलिरहँदा कुल १२ देशले स्वर्ण जितेका छन् । २० टिमले रजत र २८ देशले कास्य जितेका छन् । दक्षिण एसियाली राष्ट्रबाट भारतले एक कास्य जितेको छ । पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs