जोडिनुहोस
  • होमपेज
  • पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै

पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ७० अर्ब झिक्दै

काठमाडौं। बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि राष्ट्र बैंकले आज (आइतबार) फेरि ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

पछिल्ला साताहरुमा हरेक दिनजसो राष्ट्र बैंकले बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन खरिदका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?