जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सर्यो

माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सर्यो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गते (भोलि)का लागि सारिएको स्थायी समिति बैठक माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो ।

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो ।

पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्