जोडिनुहोस
  • होमपेज
  • बाँकेमा प्रेमलाल कुर्मीको हत्या आरोपमा ३ जना पक्राउ

बाँकेमा प्रेमलाल कुर्मीको हत्या आरोपमा ३ जना पक्राउ

बाँकेमा एक जना पुरूषको हत्या आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन्।

जानकी गाउँपालिका–२ फलपुरुवाका ५५ वर्षीय प्रेमलाल कुर्मीको वैशाख २७ शव फेला परेको थियो। उनको घाँटीमा सर्टले कसेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। घटना अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले स्थानीय ४० वर्षीया महिलका तेली, सोही ठाउँका ५० वर्षीय नक्कु लोनिया र ५० वर्षकै रतिराम कोरीलाई पक्राउपछि सार्वजनिक गरेको छ। पक्राउ परेका दुई पुरूष पनि घर परिवारका व्यक्ति होइनन्।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार सूक्ष्म अनुसन्धानपछि घटनामा उनीहरूको संलग्नता खुल्न आएको हुँदा उनीहरूलाई पक्राउ गरिएको हो। ‘हत्याको कारण प्रेम सम्बन्ध जस्तो देखिन्छ,’ एसपी कार्कीले भने, ‘त्यसबारे थप अनुसन्धान हुन बाँकी नै छ।’

हत्या गरिएका कुर्मीको साइकल ४० वर्षीया तेलीको घरमा फेला परेको थियो। प्रहरीले त्यसैलाई आधार मानेर अनुसन्धान अगाडि बढाएको थियो। यो घटना अनुसन्धान गर्न सिआइबीको टोली पनि बाँकेमा खटिएको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार तीन जनालाई बुधबार मात्रै पक्राउ गरिएको हो। त्यसअघि कुर्मीका छोरा रामकुमार बर्माले जेठ १४ गते यी तीन जनाविरूद्ध बाँके प्रहरीमा कतर्व्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले जिल्ला अदालतबाट तीन जनाविरूद्ध जेठ १४ गते नै पक्राउ गर्न पुर्जी लिएको थियो। जिल्ला अदालतले पक्राउ परेका तीन जनाविरूद्ध ७ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको डिएसपी डाँगीले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help