जोडिनुहोस
  • होमपेज
  • डोनेत्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

डोनेत्स्क क्षेत्रको अर्को गाउँ नियन्त्रणमा लिएको रूसको दाबी

मस्को– रूसी सेनाले मंगबार युक्रेनको नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रको अर्को गाउँ कब्जा गरेको दाबी गरेको छ ।

रूसको रक्षा मन्त्रालयले टोरेट्स्कको बाहिरी इलाकामा रहेको पिभ्डेन गाउँलाई नियन्त्रणमा लिएको जनाएको हो । युक्रेनी सरकारका अनुसार सन् २०२२ मा रूसले सैन्य आक्रमण सुरु गर्नुअघि यस गाउँको जनसङ्ख्या करिब एक हजार ४०० रहेको थियो । रूसले पूर्ण रूपमा नियन्त्रण नगरेता पनि सन् २०२२ मा डोनेट्स्कसहित पूर्वी र दक्षिणी युक्रेनका अन्य तीन क्षेत्र कब्जा गरेको जनाएको थियो ।

कुनै समय लगभग ३० हजार मानिसहरूको बसोबास रहेको टोरेट्स्क सहर हाल रूसी सेनाको निशानामा रहेको छ । पिभ्डेन गाउँ टोरेट्स्क सहरबाट करिब छ किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics