जोडिनुहोस
  • होमपेज
  • विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदन समितिमा पेश , १०१ दफा संशोधन

विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदन समितिमा पेश , १०१ दफा संशोधन

काठमाडौं । संघीय संसद्को शिक्षा समितिअन्तर्गत गठन गरिएको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदन बुझाएको छ। छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिले १५ परिच्छेद र १६३ दफा रहेको विधेयकमाथि १०८ बुँदामा सुझावसहितको प्रतिवेदन शिक्षा समितिमा पेश गरेको हो।

प्रतिवेदनमा १०१ दफामा संशोधन गरिएको छ भने १३ नयाँ दफा थपिएको, ४ दफा हटाइएको, र १३ दफा फेरिएर पुनः समावेश गरिएको छ। साथै, सरकारद्वारा पूर्वमै प्रस्तावित ६३ दफालाई यथावत राखिएको छ।

तर, निजी विद्यालय र प्रारम्भिक बाल विकास (ईसीडी) सम्बन्धी महत्वपूर्ण विषयहरूमा उपसमिति स्पष्ट निर्णयमा पुग्न नसकेको हुँदा ती विषयहरू समितिमा फिर्ता पठाइएको छ। शिक्षा समितिको चैत ८ गतेको बैठकले उपसमिति गठन गरेको थियो र चैत १८ गतेदेखि काम सुरु भएको थियो। उपसमितिलाई सुरुमा ३५ दिनको समय दिइएको थियो, जसमा दफावार छलफल वैशाख २१ गतेसम्म सकिएको हो। प्रतिवेदन लेखन बाँकी रहेपछि थप १० दिनको म्याद दिइएको थियो।

यो अवधिमा उपसमितिको कुल बैठक समय १५८ घण्टा ४५ मिनेट पुगेको संयोजक विश्वकर्माले जानकारी दिए। अब प्रतिवेदन समितिका सबै सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका