जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • आठ दलले आज संघीय सांसदलाई प्रशिक्षण दिने

आठ दलले आज संघीय सांसदलाई प्रशिक्षण दिने

काठमाडौं : राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आज आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्। आज राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको छ। प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रशिक्षण कार्यक्रममा कांग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्