जोडिनुहोस
  • होमपेज
  • १२औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा त्रिविमा योग सत्र आयोजना

१२औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा त्रिविमा योग सत्र आयोजना

काठमाडौं । आगामी असार ७ गते अर्थात् जुन २१ मा मनाइने १२औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावासले त्रिभुवन विश्वविद्यालयको आयुर्वेद क्याम्पससँगको सहकार्यमा विश्वविद्यालय परिसरमा योग सत्र आयोजना गरेको छ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले योगले प्रवाह गर्ने स्वास्थ्य, सद्भाव र समग्र कल्याणको कालजयी सन्देशलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय योग दिवसको महत्वलाई मनाएका थिए।

आयोजकका अनुसार योगमार्फत स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। जुन २१ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाइएको छ।