जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित राजदूतको सुनुवाइ : आज उजुरीकर्तासँग छलफल

प्रस्तावित राजदूतको सुनुवाइ : आज उजुरीकर्तासँग छलफल

काठमाडौं। संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग शुक्रबार छलफल गर्दैछ। बैठक दिउँसो १ बजे सुरु हुनेछ।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार भदौ १६ गतेदेखि २५ गतेसम्म बिदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।

विभिन्न देशमा प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेको छ। सुनुवाइ समितिले साउन ३० मा प्रस्तावित १७ राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो ।

यसअघि साउन १४ गते सरकारले १८ देशमा राजदूत सिफारिस गरेको थियो। अष्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालबाहेक सुनुवाइका लागि समितिलाई १७ जनाको नाम पठाइएको थियो।

संसदीय सुनुवाइ समितिका सदस्यहरूले राजदूत सिफारिस संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार नभएको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14