जोडिनुहोस
  • होमपेज
  • शिल्यान्यास गरेको पाँच वर्षसम्म पनि दार्चुलाका तीन वटा अस्पताल भवनको काम ठप्प

शिल्यान्यास गरेको पाँच वर्षसम्म पनि दार्चुलाका तीन वटा अस्पताल भवनको काम ठप्प

शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन वटा अस्पताल भवनको काम ठप्पप्रायः भएको छ । २०७७ सालको मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात वटा ठाउँमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो ।

अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाण्डौसम्म पुग्नुपर्ने बाध्यता छ । अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउनुहुन्छ ।

लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७र७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शैय्या अस्पताल अस्पताल भवन निर्माण भर्खर शुरु भएको छ । सात करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि निर्माण अघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत विष्टले बताउनुभयो ।

दुहुँ गाउँपालिकामा पनि १० शैय्या अस्पताल निर्माण गर्न मायमुना, कौशिल जगदम्बा जेभीले आठ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । यसैगरी व्यास गाउँपालिकामा २४ करोड ७६ लाख ८५ हजार रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण शुरु भएको थियो । अपि हिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैय्या अस्पताल निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका