जोडिनुहोस
  • होमपेज
  • तोलामा १५ सय रुपैयाँले घट्यो सुनको भाउ

तोलामा १५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं। सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय संचारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेकाले नेपाली बजारमा सुनको भाउ कम बढेको देखिएको हो ।

सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि कायम रहने विज्ञहरुको अनुमान छ । अमेरिकामा घट्दो ब्याजदरको असरले सुनको मूल्यवृद्धिमा टेवा पुग्ने इन्भेस्टिङ डटकमको अनुमान छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका