काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् ।
कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ ।
केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ ।
रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ ।