जोडिनुहोस
  • होमपेज
  • पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक छ: शर्मा

पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक छ: शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक रहेको बताएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्दै शर्माले पार्टीभित्र निर्वाचन विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । निर्वाचन विधि अवलम्बन गरिए पार्टीलाई चलायमान बनाउन सकिने उनको भनाइ छ । यसैगरी पार्टीको नीति निर्माण तह पदाधिकारीमा युवालाई प्राथमिकता दिनुपर्ने धारणा समेत उनले राखेको एक नेताले जानकारी दिए । राजधानीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूको धारणा राखिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका