जोडिनुहोस
  • होमपेज
  • झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ

झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ

दाङ। दाङको घोराहीबाट २४ केजी सात सय ९० ग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर पक्राउ परेका छन् ।

प्रतिबन्धित लागु औषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी रोल्पाकी एक महिलाको खोजी भई रहेको छ ।

घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो । जहाँ प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएका थिए ।

उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठाभित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो सात सय ९० ग्राम चरेस बरामद भएको थियो । रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु बीच आपसी नातासम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

दाङका प्रहरी प्रवक्ता डीएसपी इश्वर थापा नेतृत्वको टोलीले हिजो राति उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेस बरामद गरेको थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका