जोडिनुहोस
  • होमपेज
  • टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम, जसको हुन्छ देशभर चर्चापरिचर्चा (सूचि सहित)

टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम, जसको हुन्छ देशभर चर्चापरिचर्चा (सूचि सहित)

काठमाडौं। टोखाबासीहरुको जीवन र जीविकासँग सिधै सम्बन्धित तह हो टोखा नगरपालिका । भनिन्छ कि स्थानीय तहहरू भनेका नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यम हुन् ।

लोकतन्त्रलाई गहिरो बनाउने र सुशासनलाई अनुभूत गर्न सक्ने यदि कुनै शासकीय तह छ भने त्यो पनि स्थानीय तह नै हो । स्थानीय तहहरू क्रियाशील, सृजनशील र सफल पार्न लागी परेका छन मेयर प्रकाश अधिकारी ।

स्थानीय सरकार स्थापना भएपश्चात नगरप्रमुखका निर्वाचित भएपछि मेयर अधिकारीको सक्रीयतामा टोखा नगरपालिका अन्य नगरपालिकाहरुको तुलनामा काठमाडौं उपत्यकामा छिट्टै विकास भएको नगरपालिकाको रुपमा स्थापित हुन सफल भएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीमा भएको विकासको हुटहुटिमा साथ दिन सम्पूर्ण जनप्रतिनिधिहरु र प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीको सक्रियतालाई टोखाबासीले मात्रै होइन नेपालका बिभिन्न अभियान्ता , प्रशासक , जनप्रतिनिधिहरुले समेत उदाहरण दिएको पाइन्छ ।

१) बिष्णुमती करीडोर सहीत अनधिकृत संरचनामा टोखा नगरपालिकाको डोजर

टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैध रूपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो। पूर्वाधार विकासमा सडक विस्तार, सडक स्तरउन्नती, ढल व्यवस्थापन, विष्णुमती करिडोर निर्माण, खानेपानी व्यवस्थापनलगायत विभिन्न योजनाहरूमा काम गरिरहेका छ । नगरपालिकाको संरचनागत विकास पनि प्राथमिकतामा राखेको छ । समृद्ध टोखा निर्माणको लागि पूर्वाधार क्षेत्रको विकास हुन आवश्यक हुन्छ । त्यसैकारण पनि टोखाले पूर्वाधार विकासको क्षेत्रमा पक्की सडक निर्माणलाई प्राथमिकता दिएको छ । मुख्य सडकहरुमा कालोपत्रे, भित्री गल्लीमा ढलान र ब्लक राख्ने कामहरु गरेको छ ।

२) टोखा , तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकामा एकीकृत बिकाश योजना

काठमाडौंको तारकेश्वर, टोखा र बुढानिलकण्ठ नगरपालिका भित्र सम्पूर्ण प्रकारको भौतिक संरचना निमार्णका लागी सरोकारवाला निकायहरुबिच प्रभावकारी समन्यन गर्ने एकीकृत बिकाश योजना अनुरुप मेयर प्रकाश अधिकारीले अग्रसरता लिनुभएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समितिको तथा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा मेयर अधिकारीले सो अग्रसरता लिनु भएको हो ।

स्थानिय तहमा बिभिन्न सरोकारवाला निकायहरुको समन्वयका अभावभमा बिकाशका कामले गति लिन नसकेकाले उपयोगी भएको र ३ वटा नगरपालिका भित्र बिभिन्न प्रदेश एवं संघका योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्ने यो अभियान फलदायी हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको भनाई छ ।

३) उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्नेलाई औषधिमा दश हजार आर्थिक सहयोग

टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्नेलाई औषधिमा १०,०००र आर्थिक सहयोग गरेको छ ।

मेयर दिर्घायु कार्यक्रम अन्तर्गत ५० वर्ष भन्दा माथिका स्थायी वासिन्दाले बाषिक अधिकतम औषधी खर्च दश हजार लाई आधार मानि सो रकमको ५० प्रतिशत हुन आउने रकम नगरपालिकाको तर्फबाट भुक्तानी गराउँदै आएको छ ।

नेपाली नागरिताको प्रमाण पत्र, टोखा नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण, बैंक खाताको चेकको फोटोकपी , डाक्टरको प्रेस्कृप्सन र १० हजार बराबरको औषधि किनेको बिल लियर नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क राख्दा भुक्तानी प्रदान गराउदै आएको छ ।

४) सामुदायिक शिक्षामा उल्लेखनीय सुधार

भूकम्पबाट क्षतीग्रस्त भएका नगरपालिका भित्रका सार्बजनीक विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ताविद्यालयहरुको पूर्ननिमार्ण तथा स्तरोउन्नतीको कार्य समपन्न भैसेकेको छ । बिभिन्न शैक्षीक योजना मार्फत नगरभित्रका सामुदायीक विद्यालय सुधारउन्मुख रहेका छन । तिलिङ्गटार मा।वीमा इन्जीनीयरीङ्गको कक्षा सुरु भैरहेको छ । टोखाभित्र झोर महाँकाल मावि, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन्। यी सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन्।

५) नगरपालिकाकौ लगानीमा पुल निमार्ण

नगरपालीकाले बिष्णुमती करीडोरमा रहेको मनहरी धाम नजीकै मनोहर पुल निमार्ण गरेको छ । जसका कारण करीडोरको सडकमा अवतजावतमा सहज भई सामाखुसी ग्रानडी सडको जाम कम भएको छ ।

६) बिष्णुमती करीडोरमा रहेको मनोरथ तिर्थ धाम नजीकै साङ्ले र विष्णुमती दोभानमा मनोरथ पुल निर्माण गरेको छ । दोस्रोमा बानियाँटार पुल पुरानो भत्काई नयाँ बनाएको छ । त्यस्तै टोखा ९ र तारकेश्वर ११ को गुम्बा जोड्ने मितेरी पुल निर्माण सम्पन्न गरेको छ । त्यस्तै टोखा नगरपालिकाले अहिलेसम्म १४ ओटा कल्भर्ट निर्माण गरेको छ ।

७ ) मेलम्चीको पाइप बिछ्रयाउने तथा तार भूमिगत गराउने काम तिब्र

नगरबासीलाई खानेपानीको समस्या हल गर्न मेलम्ची खानेपानी आयोजनासंग समन्वयन गरी टोखाको गोगंबु र धापासीमा पाइप राख्ने काम सम्पन्न भैसकेको छ भने नेपाल टेलिकम र बिधुत तार अण्डरग्राउन्डको काम धमाधम भैराखेको छ ।

८) सुशासन तथा पारदर्शीका गर्न अनलाइन सेवा तथा सुत्रा लेखा प्रणाली

टोखा नगरप्रशासनलाई सुशासन तथा पारदर्शी एवं जपक्षीय बनाउन अलनाइन प्रणालीको शुरुवात भएको छ । सेवाग्राहीहरुलाई अनलाइन नक्सा पासको प्रकृया अगाडी बढाइएको छ भने सुत्रामा आधारित लेखा प्रणाली लागु भएको छ , जसका कारण नगरपालिकाको आमदानी तथा खर्च सर्बसाधारणले अनलाइन मार्फत हेर्न सकिन्छ ।

९) नगरपालिकाको सुबिधासमपन्न भवन निमार्ण

टोखा नगरपालिकाको सुबिधासमपन्न अत्याधुनिक भवन निमार्ण सम्पन्न भएको छ ।

टोखा नपाको भवन निर्माणको लागि ६० र ४० को एतिहासिक सम्झौता अनुसार जिससले ७५,९१९,३३७।७४ र टोनपाको ५०,६१२,८९१।९४ गरि जम्मा रु १२,६५,३२,२२९ को लागतमा निमार्ण भएको हो ।

१०) चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल

नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । टोखा नगरपालिका मेयर अधिकारीको अगुवाईमा सो अस्पताललाई सुबिधा सम्पन्न अस्पताल निमार्ण गरिएको हो ।

११)टोखा र नाक्छुबिच भगीनी सम्बन्ध

काठमाडौंको टोखा नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत स्थित नाछ्यु नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सन् २०१९ को अगष्ट १३ तारिखका दिनभगिनी सम्बन्ध स्थापनाको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका दुई नगरले विस्तृत समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नाछ्यु नगरपालिकाले कोभिड १९ नियन्त्रणमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको थियो । दुई पटक गरि प्रदान गरिएको स्वास्थ समाग्रीमा अक्सीजन मेशीन , माक्र्स , सेनीटाइजर , थर्मलगन लगायतका उपकरण रहेका छन ।

भगीनी सम्बन्धका कारण स्वास्थ सामाग्री खरीदमा नगरपालिकाको करिव चार करोड ब्याय भार बचेको थियो ।

१२ ) मेयर उज्यालो कार्यक्रम

टोखा नगरपालिकाले आफ्नो गौरवको योजना अन्तर्गतको मेयर उज्यालो कार्यक्रम शुभारम्भ भएको छ । मुल सडकमा बत्ति बाल्ने कार्यक्रम अनुरुप टोखा नगरपालिकाले विगत २ वर्षदेखि मेयर उज्यालो कार्यक्रमलाई आफ्नो गौरवको योजनामा राखेको थियो ।

मेयर उज्यालो कार्यक्रम सँगै मेयर सुरक्षा कार्यक्रम पनि टोखा नगरपालिकाको योजना रहेको बताउदै ‘ मेयर सुरक्षा कार्यक्रम’ अन्तर्गत मुख्य सडक, खोलाका किनार र चोरी लाग्ने स्थानहरुमा नगरपालिकाले सिसि क्यामेरा जडान कार्यलाई पनि प्राथमिकता दिएको हो ।

१३ ) मेयर दिवा खाजा कार्यक्रम

टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक ९सरकारी० विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ भएको छ।

१४ ) टोखाका विरामीहरुलाई निशुल्क रगत

नगरपालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराएको छ । नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थाहरु सँगको समन्वयमा आफ्ना नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो ।

रेडक्रस रक्त सञ्चार सेवाले प्रति पिन्ट रगतको लागि लाग्ने थैला , परिक्षण र सेवा शुल्क गरि ८ सय १० रुपैयाँ शुल्क लिँदै आएको छ । टोखाका विरामीलाई परिचयको आधारमा निशुल्क गरिने र पछि सो रकम बराबरको बिल अनुसार भूक्तानी गर्ने प्रबन्ध मिलाइएको छ ।

मानिसहरुले निशुल्क दान गरेको रगत बिभिन्न प्रशोधन , ल्याव परिक्षण बापतको शुल्क बिरामीले तिर्नुपर्ने झन्झटको अत्य टोखा नगरपालिकाले गर्ने भएको हो ।

१५) उपमेयरसंग बालबालिका कार्यक्रम

टोखा नगरपालिकाको वडा नं १ झोरबाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ ।

टोखा नगरपालिकाका नगर प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रमको झोरमा आयोजित कार्यक्रममा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

१६ ) सामाजिक बिकाशमा फड्को

नगरभित्रका युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन शेयर तालिम , कम्यूटर तालिम , उधमशिलता सहित बिभिन्न तालिम प्रदान गरिएको छ भने महिलाहरुलाई ब्युटीसीयन , सीलाई बुनाई तथा कौसी खेती तालीम प्रदान गरिएको छ भने स्वास्थ चौकी र शहरी स्वास्थ क्लिीनीक मार्फत महिलाहरुको पाठ्यघर जाँच सहित जेष्ठ नागरीकहरुलाई घरदैलोमै पुगेर आधारभुत स्वास्थ सेवा प्रदान गरिएको छ ।

१७ ) खानेपानी व्यवस्थापनमा टोखाको सक्रियता

टोखामा २९० ओटा खानेपानी आयोजना सम्पन्न भएका छन् । ९ ओटा खानेपानी ट्यांकी निर्माण भएको छ । ५ स्थानमा ठूला डिप बोरिङहरु खनेर खानेपानी वितरण हुँदै आएको छ । साना डिप बोरिङहरु अत्यधिक मात्रामा निर्माण भई टोल–टोलमा पानी वितरण हुँदै आएको छ । टोखा नगरबासीको लामो समयदेखिको खानेपानी समस्या समाधानका लागि धापासी र गोंगबु क्षेत्रलाई मध्यनजगर गर्दै टोखा नगरपालिकाले मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरी महाराजगञ्ज बाँसबारी क्षेत्रबाट पाइपलाइन विस्तार गरेर मेलम्ची खानेपानी टोखामा ल्याउन सफल भएको छ । त्यस्तै धेरैजसो वडाहरुमा अहिले पनि भूमिगत भूमिगत पानीको प्रयोग गर्न डिप बोरिङका कार्यहरु सञ्चालनमा रहेका छन् । नगरपालिकाले खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

१८) विद्युतलाइन भूमिगत गर्न टोखाको जोड

टोखा नगरपालिकाको धेरै ठाउँमा गल्लीदेखि मुल सडकहरुमा विद्युतलाइन र नेपाल टेलिकमको तारलाई भूमिगत गर्ने कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सो कार्यलाई टोखा नगरपालिकामा प्राथमिकताका साथ सञ्चालन गरि सुन्दर नगर बनाउन यसले मद्दत गर्नेछ ।

१९ ) विदेश पुग्छ टोखाको चाकु
टोखाको चाकु नेपाल मात्र नभइ विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको छ । चाकुको माग अत्यधिक भए पनि बजारसम्म पुर्याउन भ्याइनभ्याइ भएको टोखाका ब्यवसायीहरुको भनाई छ ।

टोखाका उद्योगमा हाल सादा चाकुू मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने समेत घोषणा गरिसकेको छ ।

२०) टोखालाई चीनको इक्स्लेन्ट सिटी अवार्डबाट सम्मान

टोखा नगरपालिकालाई चाइना इन्टरनेशनल फ्रेण्डसिप सिटि कन्फ्रेन्स २०२४ मा इक्स्लेन्ट अवार्डबाट सम्मान गरेको छ । चीनको कुन्मिङ शहरमा नोभेम्वर १७ बाट सुरु भएको भएको ४ दिने सम्मेलनमा चीनको युनान प्रान्तका भाइस गर्भनरले टोखा नगर प्रमुख प्रकाश अधिकारीलाई सिटी अवार्ड प्रदान गरेका थिए ।

चीनले विश्वका विभिन्न देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसी उत्कृष्ट कार्य गर्रेवापत टोखा नगरपालिकालाई कोभिड–१९ को महामारी नियन्त्रणमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरूप इक्स्लेन्ट सिटी अवार्ड प्रदान गरेको छ ।

यि बाहेक सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार नगरपालिका भित्र एक वडा एक पार्कको अवधारणा अनुसार केही वडाहरुमा निमार्ण भैसकेका छन भने नगरभित्रका खेलकुद बिकाशका लागी एक वडा, एक फुटबल मैदान’ नाराका साथ पाँच वर्षदेखि थालिएको अभियानले पूर्णता पाउँदै गएको छ  भने कतिपय स्थानमा फुटसलको निमार्ण भएको छ ।

यसरी नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण, साँस्कृतिक सम्पदाहरुको संरक्षण, पार्क निर्माण लगायत सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएकै कारण टोखाका मेयर काठमाडौका सफल मेयरका रुपमा परिचित छन ।

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय १ त्यस्तै बनेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको मेहनत र लगनशीलताले वर्षौँदेखि विकासको पर्खाइमा बसेका नयाँ संरचनाहरुले नयाँ जीवन पाएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन् भनेर सर्वत्र आलोचना आइरहेको अवस्थामा टोखाका मेयरले आफ्नै पहिचान बनाउन सफल भएका छन ।

धेरै टिप्पणी गरिएका