जोडिनुहोस
  • होमपेज
  • लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । आज (शनिबार) बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रविन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ ।

यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १९ गते मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, पुस २३ मा तिब्बतको दिंग्री केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको धक्का काठमाडौंमा पनि राम्रैसँग महसुस भएको थियो ।

धेरै टिप्पणी गरिएका