जोडिनुहोस
  • होमपेज
  • बेलायतका राजकुमारले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्दै

बेलायतका राजकुमारले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्दै

काठमाडौं। बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनी पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् ।

शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूले नेपाल भ्रमण गर्ने उल्लेख छ । तर भ्रमणको विस्तृत तालिका भने सार्वजनिक भएको छैन । उनीहरू एसियाली देशको भ्रमणमा निस्किँदै छन् । यसैक्रममा भ्रमणको सुरुवात नेपालबाट हुन लागेको हो ।

यसअघि राजकुमार एडवर्ड र सोफीले २०२४ को अक्टुबरमा माल्टा भ्रमण गरेका थिए । यसअघि २०७२ सालमा बेलायतका राजकुमार ह्यारी नेपाल भ्रमणमा आएका थिए । उनले बर्दिया, लमजुङ र पोखरा भ्रमण गरेका थिए ।

सन् १८५२ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट बेलायत–नेपाल भ्रमण सुरु भएको थियो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । यसैगरी तत्कालीन राजकुमार चाल्र्स, युवराज्ञी डायना र राजकुमार फिलिपले पनि नेपालको भ्रमण गरेका थिए ।

अहिले नेपाल भ्रमणमा आउन लागेका प्रिन्स एडवर्ड, बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छो सन्तान हुन् । उनी अहिले बेलायतको राजगद्दीको उत्तराधिकारीमा १४ औं स्थानमा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका