काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न ढिला गर्न नहुने बताएका छन् ।
बेलायत भ्रमणमा रहेका नेता कोइरालाले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् अधिवक्ता त्रिपाठीमाथि कारबाही गर्न ढिला गर्न नहुने बताएका हुन् ।
‘लोकतन्त्रमा कुनै बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य छैन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज हो,’ कोइरालाले लेखेका छन्, ‘यस्ता कार्यको सबै मिलेर निन्दा गरौँ । दोषीमाथि कारबाही गर्न ढिला नगरौँ ।’
काठमाडौं जिल्ला अदालतमा सहकारी पीडित पक्षको प्रतिनिधित्व गरी फर्कने क्रममा बुधबार अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरेका थिए ।