जोडिनुहोस
  • होमपेज
  • प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं उत्रिएका हुन् । उनले यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options