जोडिनुहोस
  • होमपेज
  • ललितपुरमा राति कार दुर्घटना, बिजुलीको पोल भाँचिँदा सडक अवरुद्ध

ललितपुरमा राति कार दुर्घटना, बिजुलीको पोल भाँचिँदा सडक अवरुद्ध

काठमाडौं । सातदोबाटो–हात्तीवन सडकखण्डमा रातिको समयमा एक कार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको छ। पोल भाँचिएर सडकको बीचमा ढलेपछि त्यस क्षेत्रको सवारी आवागमन पूरै बन्द भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा म्याग्दीका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र २९ वर्षीय मोसेफ लामिछाने रहेका छन्। तीनै जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार विशाल विकको अवस्था गम्भीर छ र उनी आईसीयूमा छन्।

दुर्घटना राति ११:१० बजे बा १५ च ७६५२ नम्बरको कार तीव्र गतिमा जाँदै गर्दा भएको हो। कारको अगाडिको भाग पूरै क्षतिग्रस्त छ। ललितपुर प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा कार सोझै पोलमा ठोक्किएको अनुमान गरिएको छ।

घटनास्थलमा ११ हजार भोल्ट विद्युत् प्रवाह हुने पोल ढल्दा ठूलो जोखिम पनि देखिएको थियो। नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले पोल हटाउन प्रयास गरिरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका