
डा. शरद सिंह यादवले जन अधिकार पार्टी नामक नयाँ दल खोलेका छन्।
सोमबार डा. यादवले निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाण पत्र लिएका छन्। उनको पार्टीको चुनाव चिन्ह डुङ्गा रहेको छ। यसअघि यादव सीके राउत नेतृत्वको जनमत पार्टीको प्रवक्ता थिए। जेनजी विद्रोहपछि डा. यादवले पार्टी परित्याग गरी मधेसको राजनीतिलाई नयाँ ढङ्गबाट अगाडि बढाउने उद्देश्य सहित नयाँ दल खोलेका हुन् । नयाँ पार्टी कार्यालय काठमाडौँ महानगरपालिका ४ स्थित विशालनगरमा रहेको छ।





































