जोडिनुहोस
  • होमपेज
  • युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या

युद्धबिराम घोषणापछि पनि १२२ प्यालेस्टाइनीको हत्या

गाजा– हमास र इजरायल बिचको युद्ध भोलीबाट समाप्त हुँदै छ ।

कतारको मध्यस्थतामा भएको १५ महिना लामो युद्ध बिरामले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।तर, युद्ध बिराम घोषणा भएपछि भएका इजरायली हमलामा परी गाजामा मृत्यु हुनेको सङ्ख्या १२२ पुगेको त्यहाँको नागरिक रक्षा मन्त्रालयले जनाएको छ ।

हमास र इजरायल युद्धविराममा सहमत भएदेखि ३३ बालबालिका र ३४ महिला सहित १२२ प्यालेस्टाइनी मारिएको एन्क्लेभको नागरिक रक्षाले जनाएको छ । सबैभन्दा बढी ९२ जना गाजा सहरमा छन् भने १९ जना खान युनिस र १० मध्य गाजामा र दुई जना दक्षिणमा रफाहमा मारिएको उद्धार सेवाका प्रवक्ता महमूद बसालले टेलिग्राममा बताएका छन् ।

उनका अनुसार सो सम्झौतापछि २७० भन्दा बढी प्यालेस्टाइनी पनि घाइते भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका