काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज हुने फैसला गरेको हो ।
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धी विवादमा परेको रिट खारेज गरेसंगै सरकारलाई यससम्बन्धी काम गर्ने बाटो खुला भएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिम कार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।
सर्वोच्चले केही विषयमा भने निर्देशनात्मक आदेश जारी गरेको छ।