
धनुषा।मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह चढेको गाडी दुर्घटनामा परेको छ ।
दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको स्पाइनल हड्डीमा चोट लागेको छ । दुर्घटना हिजो राति करिब साढे नौ बजे जनकपुरको रामानन्द चोकमा भएको हो ।
स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।