
सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित थुलुङ दुधकोशी–२ की २१ वर्षीय शर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार भएको छ ।
थुलुङ दुधकोशी अस्पतालमा हिजो शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि काठमाडौं ल्याएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
आमा र बच्चालाई थापाथलीको प्रसूतिगृहमा भर्ना गरी उपचार भइरहेको छ ।