जोडिनुहोस
  • होमपेज
  • धनुषामा सडक दुर्घटनाः ६ महिनामा २६ जनाको मृत्यु

धनुषामा सडक दुर्घटनाः ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम। बितेको ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका ५०६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ५९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।

कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका