जोडिनुहोस
  • होमपेज
  • सुप्रिम सहकारी ठगी मुद्दा : रूपन्देही अदालतमा रविको बिहीबारको थुनछेक बहस सकियो

सुप्रिम सहकारी ठगी मुद्दा : रूपन्देही अदालतमा रविको बिहीबारको थुनछेक बहस सकियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा बिहीबार लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछानेका आजजको बयान सकिएको हो ।

रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको बताए । उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने बताए । रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको उनले बताए ।

सभापति लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भएको छ । उक्त प्रकरणमा बयान दिन सभापति लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए ।

लामिछानेको बयान हिजै सकिएको थियो । लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा परिवारको जिम्मामा छाडेको थियो ।

आदेश अनुसार सभापति लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित भइसकेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ ।

अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका