जोडिनुहोस
  • होमपेज
  • अदालत जाने चेतावनीसहित युवराज सफलले पठाए प्रधानमन्त्री ओलीलाई पत्र !

अदालत जाने चेतावनीसहित युवराज सफलले पठाए प्रधानमन्त्री ओलीलाई पत्र !

काठमाडौं। सामाजिक सञ्जाल नियमन र नियन्त्रणका लागि सरकारलाई तत्काल कडाइ गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् ।

सामाजिक सञ्जालले समाजमा सद्भाव बिथोल्ने, अश्लीलता फैलाउने र आपराधिक गतिविधि प्रोत्साहन गरिरहेको भन्दै सफलले प्रधानमन्त्रीलाई पत्र पठाएका हुन् ।

उनले यस्ता कार्यहरू तत्काल सुधारका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपको प्रयोग व्यापक भए पनि यसको नियमन र नियन्त्रण प्रभावकारी रूपमा हुन नसकेको सफलले पत्रमा उल्लेख गरेका छन् ।

सफलले यदि सरकार सामाजिक संजालको नियमनमा कडा कदम चाल्न असफल भएमा सर्वोच्च अदालतमा रिट दायर गरी कानूनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका