जोडिनुहोस
  • होमपेज
  • सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ ।

अस्पतालकी वरिष्ठ सहायक कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएपछि भ्रष्टाचार मुद्दा नै दायर भएको छ ।

अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरी निवेदनमाथि अनुसन्धान हुँदा अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नती भएको भेटिएको हो ।

अधिकारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई आज (शुक्रबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

यसअघि पनि सोही अस्पतालको जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी मनसुन नेपालले बढुवा हुन प्रवेशिका तहको झुटा र नक्कली शैक्षिक कागजात पेश गरेको भेटिएको थियो ।

उनीविरुद्ध पनि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका