
रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसमा आज जाहेरवाला तर्फका वकिलहरूको बहस सकिएको छ ।
हिजो बिहानदेखि चलेको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर आज ११ बजेबाट सुरू भएको थियो । आज जाहेरवालाका २ जना वकिलले थुनछेक बहस गरेका छन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस केहीबेरमा सुरू हुने जिल्ला अदालत रूपन्देहीले जनाएको छ । रविका तर्फबाट बहस गर्न १० जना अधिवक्ताले नाम टिपाएका छन् ।