काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, पार्टीका अन्तरिक गतिविधि, विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रश्ताव) र नयाँ नियमावलीहरु प्रश्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१ को विषयमा छलफल हुने बताइएको छ ।
साथै प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, ¥याट विभाग नियमावली २०८१), सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा, संसद अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रिय संगठन विभागमा मनोनयन लगायतका विषयहरूमा छलफल हुनेछ ।