जोडिनुहोस
  • होमपेज
  • १० अङ्कले घट्यो नेप्से, कारोबार कति ?

१० अङ्कले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अंकले घटेको छ । आज नेप्से ०.४० प्रतिशतले घटेर २६३३.३२ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर कारोबार भएको छ । १०५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ८७ हजार ५६४ पटक शेयर किनबेच भएको छ ।

यस्तै १३ वटा समूहमध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने ८ वटा समूह घटेको छ । बसैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.८३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.५१ प्रतिशतले घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका