जोडिनुहोस
  • होमपेज
  • कसैले ढाल्छु भन्दैमा सरकार ढल्दैनः मन्त्री अधिकारी

कसैले ढाल्छु भन्दैमा सरकार ढल्दैनः मन्त्री अधिकारी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकार ढलिहाल्छ भनेर कुप्रचार गरिएको बताएका छन् ।

उनले वर्तमान सरकार स्पष्ट बहुमतको भएको उल्लेख गर्दै कसैले ढाल्छु भन्दैमा नढल्ने जिकिर गरे । ‘यहाँ कसैकसैले सरकार बन्दाका दिनदेखि नै लौ यो सरकार त ढलिहाल्छ भनेर अहिलेसम्म गरिरहेको अवस्था छ । हामी सरकारमा छौं हामीलाई त त्यस्तो लाग्दैन,’उनले भने,‘यो स्पष्ट बहुमतको सरकार छ । यो सरकारलाई अरुले ढाल्छु भनेर नि ढल्दैन । कसैलाई लाग्छ होला चलखेल गरेर ढाल्छु । तर त्यसो लाग्दैमा सरकार ढल्नेवाला छैन ।’

उनले वर्तमान सरकारले जनता र मुलुकका समस्याहरु राम्रोसँग बुझेको दाबी गरे ।

उनले जनताको समस्या समाधानका लागि विद्यमान ऐन र कानूनहरुलाई परिमार्जन गर्दै अघि बढ्ने बताए । ‘जनता निराश भन्नेकुरा अहिलेको सरकारले बुझेको छ । त्यसकारण हामी जनताको हितका लागि काम गर्नको लागि नमिलेका ऐन, कानून र नियमहरु संशोधन गरेर अगाडि जाने बाटोमा छौं । त्यसरी अगाडि बढेर हामी सहकारीसहित विद्यमान समस्याहरु समाधान गर्छौं’ उनले भने ।

विपक्षी दलका नेताहरुले केही दिनदेखि सरकारको आयुबारे प्रश्न गर्दै आइरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका