जोडिनुहोस
  • होमपेज
  • नेपाललाई श्रीलङ्का, बङ्गलादेश बनाउने सपना पुरा हुन दिइन्नः प्रधानमन्त्री

नेपाललाई श्रीलङ्का, बङ्गलादेश बनाउने सपना पुरा हुन दिइन्नः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताए ।

उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताए । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताए ।

‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन्,’उनले भने,‘तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन ।’

लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए । प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए ।

०८४ को मंसिरमा सरकार परिवर्तन हुने बताए । निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताए । ‘नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ । संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका