जोडिनुहोस
  • होमपेज
  • भारतको प्रयागराज कुम्भ मेलामा भागदौड, केही मानिसको मृत्यु भएको आशंका

भारतको प्रयागराज कुम्भ मेलामा भागदौड, केही मानिसको मृत्यु भएको आशंका

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको कुम्भ मेलामा गएराति भागदौड मच्चिँदा केही मानिसको ज्यान गएको आशंका गरिएको छ । बीबीसीले कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको उल्लेख गरेको छ ।

आज मौनी अमावस्या (औंसी) रहेकाले अमृत स्नान हुने समयमा ठेलमठेल हुँदा उक्त घटना भएको बताइएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।

भागदौडपछि भक्तजनका सरसामान यत्रतत्र छरिएको देखिएको छ । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका