चितवन। चितवनको इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ । शहीद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई सम्मान गरेका हुन् । उनले. शहीदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार पाँच हजार रुपैयाँ प्रदान गरिएको बताउँदै आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको जुगेडी काण्डका शहीद वडा नम्बर २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै माओवादी युद्धका क्रममा शहीद भएका वडा नम्बर २ का जीवन बुढाथोकी र वडा नम्बर ३ का चन्द्रबहादुर गुरुङ (दीपेश) को परिवारलाई सम्मान गरेको हो ।एको बताए । उनका अनुसार विपक्षी दलहरूले संसद् बोलाउने बेला नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको निष्कर्ष निकालेको छ ।
प्रमुख सचेतक पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जाने कुरा बेठीक भएको निष्कर्ष भएको बताए । सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्ने बताए । सरकारको विरुद्ध आवश्यक परे सडक आन्दोलनको तयारी समेत गर्ने बताए ।