जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै

कांग्रेसले माघ २२ र २३ मा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिँदै

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले कास्कीको पोखरामा माघ २२ र २३ मा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरूको भेला आयोजना गर्ने भएको हो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पोखरामा जिल्ला सभापति र उपसभापतिहरूको भेला आयोजना हुन गइरहेको जानकारी दिए । उनले जिल्लामा जिल्ला प्रशिक्षण शाखाको संयोजकको जिम्मेवारीमा रहेका एक जना उपसभापति र जिल्ला सभापतिलाई आमन्त्रण गरिएको पनि बताए ।

कांग्रेसमा दुई जना उपसभापति हुन्छन् । जसमध्ये एक जनाले जिल्ला प्रशिक्षण शाखाको संयोजन गरिरहेका हुन्छन् । कास्की सभापति बरालले भेलामा सहभागी सभापति र उपसभापतिहरूलाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण दिने पनि जानकारी दिए ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पोखरामा आयोजना हुन गइरहेको सभापति र उपसभापतिहरूको भेलामा इच्छुक केन्द्रीय सदस्यहरू पनि सहभागी हुने बताए ।

‘माघ २२ र २३ गते ७७ वटै जिल्लाका सभापति र एक जना उपसभापतिहरूलाई प्रशिक्षण दिन भेला हुँदै छ,’ उनले खबरहबसँग भने, ‘त्यहाँ केन्द्रीय सदस्यहरू पनि सहभागी हुन पाउनुहुन्छ । तर, अफिसियल्ली आमन्त्रण भने होइन ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका