काठमाडौं– ताप्लेजुङको पाथीभरा-मुक्कुमलुङका आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार साँझ ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।
आन्दोलतरतपक्ष र सरकारी वार्ता टोलीबीच ललितपुरको हिमालय होटलमा भएको वार्तापछि पाथीभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगन गरिने भएको छ।
सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने सहमति भएको छ ।
आन्दोलनका क्रममा पक्राउ परेका, थुनुमा रहेका बन्दीहरूको बिनाशर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमति भएको छ ।
मुक्कुम्लुङ संरक्षणका लागि आन्दोलनमा रहेका पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ।
यसका साथै वार्ताका क्रममा भएका पाथीभरा केबलकार आयोजना निर्माणबारेका असहमति लगायतका विषयमा विस्तृत छलफल गर्न माघ २७ गते फेरि वार्तामा बस्ने सहमति भएको छ ।