काठमाडौं। चलचित्र ‘लाज शरणम्’को पहिलो गीत ‘हेर्दा हेदैैमा’ सार्वजनिक भएको छ ।
निर्माणपक्षले आज युट्युबमार्फत गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरेका हुन् । चलचित्र ‘लाज शरणम्’ लाई वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको छ । गीतमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।
दोहोरी भाकामा गाइएको यस गीतलाई गायिका शान्ति श्री परियार र आशिष अभिरलले स्वर दिएका छन् । शब्द आनन्द अधिकारीको हो भने संगीत कृष्ण भारद्वाजको हो ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रि पाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।
भिडिओ :