जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण संसदमा उपस्थित हुन सक्नु भएनः महेश बर्तौला

प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण संसदमा उपस्थित हुन सक्नु भएनः महेश बर्तौला

काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भएपनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसदमा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताए ।

उनले भने ‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो । तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनैपनि सार्वजनिक कार्यक्रमहरू रहेन । त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो । अरु कुनै कारण भएर नआउनु भएको होइन । स्वास्थ्यको असहजताले गर्दै आउनु भएन ।’

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ । तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको थिएन । सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका