जोडिनुहोस
  • होमपेज
  • पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छः गृहमन्त्री

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छः गृहमन्त्री

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका छन् ।

उनले मंगलबार एक्स (ट्विटर)मार्फत् विवाद समाधान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका हुन् ।

‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ,’ गृहमन्त्री लेखकले लेखेका छन् ।

गृहमन्त्री लेखकले वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह पनि गरेका छन् ।

‘वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका