![गायिका एलिना चौहानको डिभोर्स, लेखिन् भावुक स्ट्याटस](https://sagarmatha.tv/wp-content/uploads/2025/02/Alina-chauhan-1024x683.jpg)
काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । तर विवाह गरेको ९ महिना नबित्दै उनले सम्बन्धविच्छेदको मुद्दा दायर थिइन् ।
सो मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो । विष्णु सापकोटासँगको सम्बन्धविच्छेद पछि एलिनाले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेखेकी छन् ।
उनले उक्त स्ट्याटसमा पति विष्णुलाई ‘प्रिय विष्णु’ भनेर सम्बोधन गरेकी छन् । उनले विवाह गर्दा लिएको ७ फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता सबै उस्तै रहेको बताएकी छन् । उनले शारीरिक मिलन मात्रै विवाह नहुने रहेछ भन्दै भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको उल्लेख गरेकी छन् ।
उनले आफ्नो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको भन्दै आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको भएको बताएकी छन् । उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति सबै विष्णु सापकोटालाई नै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छन् ।
अन्त्यमा उनले विष्णुलाई बाँकी जीवनको लागि शुभकामना समेत दिएकी छन् ।
पढ्नुहोस्, एलिना चौहानको भावुक स्ट्याटस जस्ताको तस्तै :