जोडिनुहोस
  • होमपेज
  • धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास

धनगढीमा डिउटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास

काठमाडौं। कैलालीको धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । ट्राफिक चौराहमा मंगलबार राति डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा चक्कु प्रहारको प्रयास भएको हो ।

राति करिब सवा ८ बजेतिर ‘हरहर महादेव’ भन्दै चक्कु हातमा लिई सडकमा हिँडिरहेका ३६ वर्षीय टेकबहादुर टमटालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओमा प्रहरीले नियन्त्रण गर्न खोज्दा आक्रमण गर्ने प्रयास गरेको देखिन्छ ।

प्रहरीका अनुसार आक्रमण प्रयास गर्ने धनगढी उपमहानगरपालिका–१४ निवासी टमटालाई मंगलबार राति नै पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यद्यपि, घटनाबारे औपचारिक रुपमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका