![मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल जलमग्न, अदालतमा पस्यो पानी](https://sagarmatha.tv/wp-content/uploads/2025/02/476349869_636450615415386_2674878374137516136_n-1024x576.jpg)
काठमाडौं। मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको छ ।
सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।
विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।
अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।