![महाकुम्भमा ५० करोड श्रद्धालुले लगाए डुबुल्की](https://sagarmatha.tv/wp-content/uploads/2025/01/Kumbh-Mela-2025-Prayag.webp)
काठमाडौं। भारतको प्रयागराजमा जारी महाकुम्भमा मंगलवारसम्ममा ५० करोड श्रद्धालु भक्तजनहरुले डुबुल्की लगाएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् ।
उत्तर प्रदेशको जनसंख्या २५ करोड भए पनि मंगलवारसम्म महाकुम्भमा ५० करोड भक्तजनले डुबुल्कू लगाएको मुख्यमन्त्रीको भनाइ छ । ‘यो नयाँ उत्तर प्रदेश हो । २५ करोडको जनसंख्या छ, र हिजो सम्ममा ५० करोड मानिसहरुले प्रयागराजमा डुबल्की लगाइसकेका छन् ।’
बुधवार बागपतमा आयोजित एक समारोहमा मुख्यमन्त्री योगी भन्दै दिए– ‘आज माघी पूर्णिकाको अवसरमा करोडौं मानिसहरु प्रयागराज महाकुम्भमा डुबुल्कि लगाइरहेका छन् ।’ त्यसक्रममा उनले घुमाउरो शैलीमा प्रयोगराजमा डुबुल्की लगाइसकेका केही राजनीतिक दलका नेताहरुले बाहिर आएर डुबुल्की नलगाउन जनतालाई सुझाव दिएको बारेमा तिखो व्यङ्ग्य गरेका थिए ।