![खानेपानी मन्त्रीले भने – विद्युत् प्राधिकरणको कमजोरीले बबरमहल जलमग्न भयो](https://sagarmatha.tv/wp-content/uploads/2025/02/yadab-1024x683.jpg)
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कमजोरीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन् । बुधवार पाइप फुटेर बबरमहल जलमग्न भएको थियो ।
विद्युत् प्राधिकरणको गल्तीले बबरमहल जलमग्न भएको बताउँदै उनले भने,‘विद्युत् प्राधिकरणले मन्त्रालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसंग समन्वय नगरी काम गर्यो । त्यसकै कारणले यस्तो घटना घटेको हो ।’ लाइन बिछ्याउने क्रममा गरेको कमजोरीका कारणले पाइप फुटेको उनको भनाई छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ अशोक पौडेललाई लिएर मन्त्री यादव बबरमहल पुगेका थिए ।