
काठमाडौं । नेपाल र थाइल्यान्डबीच व्यापार प्रवर्द्धन तथा आपसी सहकार्यलाई सशक्त बनाउन एक नयाँ समझदारी भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच भएको हो । सो सहमतिले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
बैंककमा आयोजित एक विशेष समारोहमा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीहरू समेत उपस्थित रहेका थिए।
यस समझदारीले व्यापारिक अवसरहरू विस्तार गर्दै दुई देशका व्यवसायीहरूलाई सहकार्यका नयाँ आयाम खोल्ने विश्वास गरिएको छ।





































